झापाको हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल « Khabarhub

झापाको हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् ।

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएका  छन् ।

झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए । ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए । ‘अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ’, अध्यक्ष लिङ्देनले भने ।

होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनियालगायत खोला छन् । अजिङ्गर, हात्ती, हरिणलगायत जनावरको बासस्थान रहेको जलथल जङ्गल पनि छ । पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग जोडिएको छ ।

भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ । पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ ।

सबै ठाउँमा पुल पक्की बनिसकेका छन् । हल्दिबारीको जनसङ्ख्या ४० हजार रहेको छ । पाँचै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए ।

पालिकाले विगत ६ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ । मुख्य सडक कालोपत्र गरिएका छन् । कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा सङ्घीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएको छ ।

मुख्य सडक कालोपत्र भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै बिर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ । अधिकांश सडक परियोजना एक करोडदेखि ६ करोडसम्मको लागतमा निर्माण भएका हुन् ।

सडकको नियमित मर्मतसम्भार गर्नका लागि पालिकाले वार्षिक दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताए । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : ५२ बजे

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू