बिजुलीको नाङ्गो तार हटाउन सुरु « Khabarhub

बिजुलीको नाङ्गो तार हटाउन सुरु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुन्तलाको बगैँचाभित्र रहेको विद्युतको नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेको थियो ।

नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तला बगैँचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिए । उनका अनुसार नाङ्गो तार हटाएर राखिने एबीसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुरु भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नाङ्गो तार हटाएर एबीसी केबुल राख्न थालिएको बताए ।

४२ परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नाङ्गो तारले हाँगा छुन थालेको थियो ।

सुन्तलाको बोट हुर्कंदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ५७ बजे

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको

सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय

काठमाडौं – सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज

तोरी फुलेर पहेँलै कावासोती र देवचुली (तस्बिरहरू)

नवलपरासी– नवलपरासी (सुस्तापूर्व) को कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा