काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो !’
प्रधानमन्त्री शाहको यो अभिव्यक्ति पछिल्लो राजनीतिक घटनाक्रमका बीच आएको हो । यद्यपि, उनले स्ट्याटसमा कसलाई लक्षित गरेर उक्त टिप्पणी गरेका हुन् भन्ने स्पष्ट खुलाएका छैनन् ।














प्रतिक्रिया