बिजुलीको नाङ्गो तार हटाउन सुरु « Khabarhub

बिजुलीको नाङ्गो तार हटाउन सुरु


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुन्तलाको बगैँचाभित्र रहेको विद्युतको नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेको थियो ।

नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तला बगैँचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिए । उनका अनुसार नाङ्गो तार हटाएर राखिने एबीसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुरु भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नाङ्गो तार हटाएर एबीसी केबुल राख्न थालिएको बताए ।

४२ परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नाङ्गो तारले हाँगा छुन थालेको थियो ।

सुन्तलाको बोट हुर्कंदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ८ : ५७ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली