संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख « Khabarhub

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् ।

सङ्घीय संसद् सेवा दिवस, २०८० को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरेका छन् ।

संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ, ‘स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित छ ।’ संसद् सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहस हुने गरेकाबारे आफू जानकार भएको र अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको उनले उल्लेख गरे ।

संसद्को महत्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्‌सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो ।

सभामुख घिमिरेले दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयका कर्मचारीलगायत संसद्सँग सम्बद्ध सरोकारवालामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । विसं २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : ०७ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले