सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता « Khabarhub

सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको बराहक्षेत्र निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा घुमिफिरी फेरि विराटनगर उच्च अदालतमा आइपुगेको छ ।

सुनसरी जिल्ला अदालतले गत भदौमा गिरीलाई सफाइ दिने निर्णय गरेको थियो । त्यसको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको छ ।

सोलुखुम्बुको जुबु निवासी गिरीले २०७६ कात्तिक ४ गते राति एकजना भक्तमाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास नामले चिनिने सिद्धबाबा उदासी सम्प्रदायका धर्मगुरु भएता पनि अहिले बराहक्षेत्रबाट पलायन भएर काठमाडौँस्थित नानक सम्प्रदायको आश्रममा शरण लिएर बस्दै आएका छन् ।

गिरीलाई सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिएको थियो । जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्‍याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो ।

हेर्नुहोस जिल्ला अदालतको पछिल्लो फैसला-

हेर्नुहोस जिल्ला अदालतको शुरुको फैसला-

सिद्धबाबाविरुद्धको मुद्दाको रोचक पहेली छ । सुरुमा सुनसरी जिल्ला अदालतले पनि उनलाई सफाइ दिएको थियो । तर, अदालतले सिद्धबाबाको ब्रह्मचर्य भने तोडिदिएको थियो । जिल्ला अदालतले सफाइ दिए पनि सिद्धबाबाले भक्तजनमाथि करणी गरेको चाहिँ प्रमाणित गरेको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासमा गरिएको पहिलो फैसलामा भनिएको थियो, ‘करणी निजहरुका बीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिमा भएको करणीलाई जकर्जस्ती करणी मान्न नसकिने हुँदा…..गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’

सहमतिमा करणी भएको भन्ने सुनसरी जिल्ला अदालतको सुरुको फैसला बादी प्रतिवादी दुवैलाई चित्त बुझेन । आफूमाथि जबरजस्ती करणी नै भएको दाबी गर्दै पीडितका तर्फबाट उच्च अदालत विराटनगरमा ०७७ फागुनमा पुनरावेदन दर्ता भयो । तर, आफूलाई सहमतिमा यौन सम्बन्ध राखेको भनी जिल्ला अदालत सुनसरीले गरेको फैसला खारेज गर्न र ब्रह्मचारी घोषणा गर्न माग गर्दै सिद्धबाबाले पनि  उच्च अदालतमा निवेदन दिए ।

०७७ सालमा पुनरावेदन दर्ता भएपछि उच्च अदालत विराटनगरले सिद्धबाबालाई थुनामा पठायो । तर, उनी उच्चको निर्णय खारेजीको गर्न माग गर्दै सर्वोच्चमा गए । तर, सर्वोच्च अदालतले उच्चको थुना आदेश बेरितको नदेखिएको हुँदा परिवर्तन गरिरहनुपरेन भन्ने आदेश दियो ।

तर, उच्च अदालत विराटनगरले ०७९ जेठ ३ गते फैसला सुनाउँदाखेरि यो मुद्दा जिल्ला अदालत सुनसरीतिरै फर्काइदियो । मूलतः उच्चले गरेका निर्णयहरू चित्त नबुझेर वादी–प्रतिवादीहरु सर्वोच्चतिर आउने गर्छन् । तर, उच्च अदालतका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र सत्यमोहन जोशी थारुले सिद्धबाबाको मुद्दा ‘सुनसरी जिल्ला अदालतमा फिर्ता पठाइदिने ठहर्छ’ भन्ने निर्णय सुनाएपछि यो मुद्दा फेरि दाेहाेर्‍याएर सुनसरी जिल्ला अदालतमा पुग्यो ।

उच्चबाट फिर्ता आएको मुद्दामा जिल्ला अदालतले सिद्धबाबालाई दोस्रोपटक सफाइ दियो । पहिलो सफाइमा सहमतिबाट करणी गरिएको पाइयो भनिएको थियो । दोस्रोपटक भने सोही अदालतले सहमतिको करणीबारे केही पनि उल्लेख नगरीकन सफाइ दियो ।

हेर्नुहोस् दोस्रो फैसला-

उच्च अदालतले जिल्लामा पठाएको यो मुद्दा घुमिफिरी रुम्जाटार भनेजस्तो फेरि उच्च अदालत विराटनगरमै आइपुगेको छ । यसअघि जिल्लामा पठाएको यो मुद्दामा अब उच्च अदालतले के फैसला सुनाउँछ केही समय पर्खनै पर्ने हुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १ : ३२ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको