गभर्नेन्स ल्याबको दुई दिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न « Khabarhub

गभर्नेन्स ल्याबको दुई दिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सम्पन्न


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापूर्वक समापन गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्त्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभूमिमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो ।

बुधबार दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायहरूको सहभागिता रहेको थियो ।

‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका  थिए । उनीहरूले नेपालमा समावेशी र सहकार्यमूलक शासनका लागि नयाँ सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गरेका थिए, भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख  मन्तव्य राखेका थिए ।

साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर श्री भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम् महिला अधिकारवादी सुश्री रीता थापा लगायत वरिष्ठ व्यक्तित्वहरूले समावेशी विकास सम्बन्धी आफ्नो विशेष मन्तव्य राखेका थिए ।

गोष्ठीको पहिलो दिनको पहिलो  सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने दोस्रो सत्रमा ब्रेकिंग व्यारीयर्स : एडभानसिङ्ग बियोन्ड रेप्रेजेन्टेसन टू डिग्गनिटि  एन्ड सेल्फ– डिटरमिनेशन विषयमा  छलफल  भएको  थियो । त्यस्तै गोष्ठीको पहिलो  दिनको दोस्रो  भाग अन्तर्गत तेस्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्दा बनाउनुपर्ने विषयमा  छलफल भएको  थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  २ : २७ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा