‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग | Khabarhub Khabarhub

‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता)को तीन तहमा पुग्ने तयारी थालेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मानंकअनुसार विभाग परिपक्वताको तीन तहमा पुग्ने तयारी गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्वताको दुई तह मात्र छ ।

 ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानांकलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ । विभागले स्तरोन्नतीका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ । ‘हाम्रो क्षमता अनुसार अहिले हामी परिपक्वताको दुई तहमा रहेका छौँ’ उनले भने, ‘परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।’

तीन तहको परिपक्वता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले  मान्ने खाले हुने, निष्पक्ष, पारदर्शिता र औषधि गुणस्तरीय हुने उहाँको भनाइ रहेको छ ।  परिपक्वताको चार तहमा पुगेपछि डब्लुएचओले सूचिकृत गर्ने गरेको छ ।  औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग प्रयाप्त मात्रामा जनशक्ति रहेका छैनन् । 

विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज र नेपालगञ्ज मात्र विभागको कार्यालय छ । विभागमा अहिले एक सय १५ जनशक्ति छन् । ‘हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्’ उनले भने, ‘यसले गर्दा हामीले उद्योग, औषधि पसलको प्रयाप्त मात्रामा अनुगमन गर्न सकेका छैनौँ ।’

विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय  विदेशी कम्पनी दर्ता छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : १४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित