चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा « Khabarhub

चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

जानकी– वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन तथा पर्यावरणबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो । 

सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि दैनिक तीन पटकसम्म उक्त चुरे क्षेत्रमा गस्ती गर्ने गरिएको बताएका छन् । ‘यसअघि पनि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तर यसपटक सो क्षेत्रमा नगएका अन्य सैनिकलाई चुरे पर्यटन प्रवर्द्धन र पर्यावरणबारे जानकारी गराउने उद्देश्यले एक दिने यात्राको कायम गराएका छौँ’, उनले भने । 

निकुञ्जभित्र कुन ठाउँ कस्तो छ र पर्यटकहरुलाई कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय टोलीले अध्ययन गरेको प्रमुख सेनानी खड्काको भनाइ छ । ‘बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रबर्द्धन गर्नु सेनाको पनि दायित्व हो’, उनले भने, ‘सो अवसरमा पर्यटकीय भू–भागबारे स्थलगत अध्ययन गरिएको थियो ।’

दाङ, सल्यान र बर्दियाका भू-भागलाई छुने निकुञ्जमा धेरै घाँसे मैदान छन् । उक्त चुरे भ्रमणमा श्री नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापासँगै प्रमुख सेनानी रोजेश खत्री, प्रमुख सेनानी दीपक गुरुङ र अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काको सैन्य टोली संलग्न थियो ।

सेनाका अधिकारीहरूले बाघलगायत अन्य वन्यजन्तुले पानी खाने ठाउँहरूको पनि स्थलगत निरीक्षण गरेका थिए । निकुञ्जभित्र सेनाले नयाँ ‘फायर लाइन’ निर्माण गर्नुका साथै सरसफाइबारे जानकारी लिएको थियो । टोलीमा संलग्न पर्यटन व्यवसायी कृष्ण चौधरीले निकुञ्जभित्रको चुरे पर्वत शृङ्खला एक दिने पदयात्राका लागि प्रख्यात मानिएको बताए । ‘पर्यटकहरुले चुरेमा पदयात्रा गर्दा हिमाल चढेको महसुस गर्छन्’, उनले भने । 

चुरे पर्वत शृङ्खला यात्राका लागि व्यवसायीले प्रतिपर्यटक नेपाली नागरिकलाई एक हजार शुल्क र विदेशी पर्यटकका लागि रु एक हजार सात लिने गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ६ : ०९ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको