जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका थिए ।

आव २०७९-८० को प्रथम चौमासिकको तुलनामा चालु आवको  सोही अवधिमा देशको समग्र अर्थतन्त्र विकास निर्माणसँग सम्बन्धित सूचकहरू सकारात्मक देखिए पनि सन्तोष गर्ने ठाउँ नभएको उल्लेख गर्दै उनले एकअर्काका कमी–कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा गठन भएको सरकारको एकवर्षे कार्यकाल पूरा हुने चरणमा छ, यस अवधिमा अपेक्षा गरिएअनुसारका काम हुनसकेका छैनन्, अब चौमासिक नभई वार्षिक कार्यक्रम, कार्ययोजना र उपलब्धिलाई वस्तुनिष्ठ समीक्षा गर्दै यसबीचमा भएका कमजोरी र सबल पक्षलाई  चिरफार गरी जनताले अनुभूत गर्नेगरी काम गर्न सबैसँग अपिल गर्दछु ।’

गत साउनमा प्रतिबद्धता गरेअनुसारको परिणाम दिन केही मन्त्रालय असमर्थ भएकामा त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले निश्चित कार्यअवधिभित्र तोकिएको लक्ष्य पूरा नगर्नेलाई जिम्मेवारीबाट हटाउनुबाहेक आफूसँग अर्को विकल्प नरहेको चेतावनी दिए। उनले अर्को समीक्षा बैठकमा कार्ययोजनासहित प्रस्तुत हुन सबैलाई निर्देशन दिए। 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौजुदा सार्वजनिक खरिद ऐन, पर्याप्त बजेट र जनशक्तिसहित आवश्यक समन्वय र सहकार्यको अभावलगायत विविध समस्याका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले चौमासिक प्रगति विवरण पेस गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ६ : १७ बजे

अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

काठमाडौं– साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण १४ जोर्डनका

बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ब्राजिल प्रस्थान 

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको

पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना

काठमाडौं– सरकारले पुँजीगत शीर्षकमा गर्ने खर्चको प्रवृत्ति पुरानै अवस्थाको रहेको

प्रधानमन्त्रीले भने : बजेट जनताको पक्षमा छ, संसद्‍‍बाट पारित हुन्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत