केन्द्रीय कार्यसम्पादन बैठकअघि कांग्रेसका महामन्त्रीको छलफल | Khabarhub Khabarhub

केन्द्रीय कार्यसम्पादन बैठकअघि कांग्रेसका महामन्त्रीको छलफल


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि नै महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल गर्न भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

आगामी महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् भने अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् । त्यस्तै, उपसभापति पूर्णबहादुर खड्काले पार्टीको आगामी नीतिका विषयमा प्रतिवेदन पेस गर्नेछन् ।

कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय गरिसकेको छ । बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ ।

महासमिति बैठक तोकिएको मितिमा हुने वा नहुने भन्ने अझै एकिन भइसकेको छैन् । सभापति देउवाले महासमिति बैठक सार्नुपर्ने बताएका छन् भने शेखर कोइराला समूह यसमा सहमत छैन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ४९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस