आज राति यसरी हेर्न सकिनेछ ‘मिथुन’ उल्का वर्षा « Khabarhub

आज राति यसरी हेर्न सकिनेछ ‘मिथुन’ उल्का वर्षा


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।

संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने उनले बताए ।

खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का वर्षालाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । विभिन्न रङ्गमा देखिने यो उल्का वर्षा राति १२ बजेपछि पूर्वतर्फ फर्किएर हेर्दा देख्न सकिने छ । यो बिहान उज्यालो हुनुभन्दा अघिसम्म देख्न सकिनेछ ।

वैज्ञानिकहरूका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने आज राति र भोलि हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन आजलाई मानिएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्दा ती धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई बोलिचालीको भाषमा ‘तारा खसेको’ भनेर बुझिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : ०९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी