आज राति यसरी हेर्न सकिनेछ ‘मिथुन’ उल्का वर्षा « Khabarhub

आज राति यसरी हेर्न सकिनेछ ‘मिथुन’ उल्का वर्षा


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।

संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने उनले बताए ।

खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का वर्षालाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । विभिन्न रङ्गमा देखिने यो उल्का वर्षा राति १२ बजेपछि पूर्वतर्फ फर्किएर हेर्दा देख्न सकिने छ । यो बिहान उज्यालो हुनुभन्दा अघिसम्म देख्न सकिनेछ ।

वैज्ञानिकहरूका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने आज राति र भोलि हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन आजलाई मानिएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्दा ती धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई बोलिचालीको भाषमा ‘तारा खसेको’ भनेर बुझिन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ९ : ०९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका