देवघाटमा भक्तजनको घुइँचो | Khabarhub Khabarhub

देवघाटमा भक्तजनको घुइँचो


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको संगम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो ।

शनिबार दिउँसोदेखि नै भक्तजन देवघाटधाम आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिनाथ अधिकारीले जानकारी दिए । मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ । 

मेलाको अवसरमा राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ । 

चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम गरिएको छ । स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । बिजुली बत्तीको व्यवस्था गर्न चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई जिम्मा दिइएको छ ।

खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनाइएको छ । यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिने इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज भेषराज रेग्मीले जानकारी दिए । विसं २०३७ मा बनेको पुल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको रेग्मीले बताए। 

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने विश्वास क्षेत्र विकास समितिले लिएको छ । नदीबाट नै वारपार गर्न चाहनेहरूका लागि ३५ वटा डुङङ्गाको व्यवस्था गरिएको छ ।

एक जनाको ३५ भाडा लिएर चितवनबाट देवघाटको काली नदी छेउसम्म डुङ्गामार्फत आउजाउ गर्ने व्यवस्था गरिएको छ । मेलामा जानका लागि भरतपुरतर्फबाट रामनगरबाट पस्ने र आँपटारी क्षेत्रबाट निस्कने व्यवस्था मिलाइएको छ । यसका लागि ठाउँठाउँमा प्रहरीहरू परिचालन गरेर व्यवस्थापन सहज बताइएको छ । 

सवारीको अत्याधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । पुल बनाउनका लागि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने छ ।

 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ०३ बजे

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन