नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो | Khabarhub Khabarhub

नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन पिविएम  कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

‘जलजलाको धेरै भूगोलमा आलुखेती भए पनि वर्षौँदेखि एउटै बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखियो’, उनले भने ‘गुणस्तरीय बीउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूलबीउ भित्र्याइएको छ ।’

गाउँपालिकाका कृषि अधिकृत राजुप्रसाद गौतमले नौ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार दुई सय दाना रोपिएको जानकारी दिए । अहिले लगाएको बीउ पाँच पुस्तापछि खायनयोग्य हुन्छ । हाल यहाँका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए ।

बीउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको छ । चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको बीउ आलु रोपिएको छ । दोस्रो पुस्ताको बीउ आलु कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरूलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो २५ देखि ३० का दरले खरिद गर्ने सम्झौता भएको छ ।

अहिले लगाएको पुर्व विउ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको बिउ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ । पुर्व विउ आलु रोप्न शनिबार गाउँपालिकाका अध्यक्ष आचार्य, कार्यपालिकाको कृषि संयोजक हरिविकास जिसीले कृषकहरुसँगै श्रमदान गरेका थिए । 

राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व बिउ आलु रोपिएको बताए । ‘पुर्व विउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,’ उनले भने ‘कृषकले बजारबाट खरिद गरेको बिउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।’ 

आलु बिउ उत्पादनमा चासो देखाउने देशका सीमित स्थानीय तह मध्यमा जलजला रहेको प्राविधिक खतिवडाले बताए । प्रगतिशील कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै बिउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै बिउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताए । 

उत्पादन भएको सबै बीउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकाले बीउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुसालले बताए । २४ वर्षदेखि आलुखेती गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको बीउ परिवर्तन गर्न लागिएको बताए । लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा बीउ आलु भित्र्याएको थियो । वल्लोपल्लो गाउँका कृषकले साटेर सोही समयको बीउ र बजारबाट खरिद लगेर रोप्ने गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ५९ बजे

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी