जेन-जी आन्दोलनमा जलाइएका भवन प्रयोग गर्नुअघि परीक्षण « Khabarhub

जेन-जी आन्दोलनमा जलाइएका भवन प्रयोग गर्नुअघि परीक्षण


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परीक्षणसमेत अघि बढाइएको छ ।

आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरू प्राविधिक परीक्षण पश्चात मात्र प्रयोग गर्ने गरी सफाइसमेत बढाइएको हो । शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवम् संरचनाको प्राविधिक परीक्षण गरिएको छ । 

परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।

उनले मन्त्रालयको भित्तामा क्षति नभएपनि स्ल्यावहरूमा पूर्ण रुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए । आगलागीबाट क्षति पुगेको भवनको भवन निर्माण विभागको समन्वयमा एशोसियसनले ध्वस्त भएका संरचनाको प्रारम्भिक परीक्षण गरिरहेको उनले उल्लेख गरे ।
 
बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुन:निर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेका भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनप्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।

त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एशोसियसनले प्राविधिक परीक्षण गरेर मात्रै संरचना प्रयोग गर्न सुझाव दिएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  २ : ०७ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा