तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र « Khabarhub

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् ।

सडक अवरुद्ध भएको ५० दिनभन्दा बढि समय भएपछि सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षणपत्र समेत बुझाइसकेका छन् ।

मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत दिए । निर्देशन पछि सडक विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरूले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोज्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाले बताए । राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको उहाले बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले १५ सय कन्टेनर अड्केर बसेको बताए । दुई-तीनभित्र सडक खोल्न सके काठमाडौँ आसपास सामान पुराउन सकिने उनको भनाइ छ ।

उनले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाख भन्दा बढि खर्च भएको गुनासो गरे । उनले उक्त सडकखण्ड पटक पटक अवरुद्ध हुने गरेकाले दीर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने बताए ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडक खुलाउने विषयमा मन्त्रालयमा छलफल गर्ने र चिनिँया पक्षसँग पनि परामर्श गर्दै उक्त सडकखण्डलाई दीर्घकलीन सोचका साथ निर्माण गरिने उल्लेख गरे ।

दसैँ लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठुलो समस्या परेको छ । भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाँउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १ : ३० बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको