अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा « Khabarhub

अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शीला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ । बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन् ।

क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति थियो ।

क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दासमार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शीलाको प्रतिकस्वरुप तीन शालिग्राम हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : ३१ बजे

भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले दलका नेताहरूलाई सभा-सम्मेलनमा जान नदिएर

इस्कोनको जगन्नाथ रथयात्रा शनिबार काठमाडौंमा 

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल ) जोरपाटी नामहाट

भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु

एजेन्सी– भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १०

हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य

एमाले नेताहरूलाई रोकेपछि सरकारलाई विश्वप्रकाशको प्रश्न : यसरी बन्छ चुनावको वातावरण ?

कलैया (बारा)- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य