फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन « Khabarhub

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हव अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

उहाँले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, हव अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि समन्वय गरिएको जनाएको छ ।

सहप्रवक्ता डा अधिकारीले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै उपचार तथा शव व्यवस्थापनका लागि हव तथा सेटेलाइट अस्पतालसँग समन्वय गरिएको बताए । आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको ७२ जना सवार यती एयरलायन्सको विमान सेती नदीको खोचमा दुर्घटना हुँदा सवार ६८ निधन भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ०६ बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर