विमान दुर्घटना : रामचन्द्र पौडेल पौडेलद्वारा दुःख व्यक्त « Khabarhub

विमान दुर्घटना : रामचन्द्र पौडेल पौडेलद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा आज बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी दुर्घटनाको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

वरिष्ठ नेता पौडेलले घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

आज बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ४० बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ