विमान दुर्घटना : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त « Khabarhub

विमान दुर्घटना : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा आज बिहान भएको विमान दुर्घटना र उक्त दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट आज बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटना भएको हो ।

“चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर पोखराका लागि उडेको विमान दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, अध्यक्ष तिमिल्सिनाद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ । उनले दुःखको यस घडीमा उक्त विमानमा सवार स्वदेशी तथा विदेशी यात्रुहरूको शीघ्र खोज तथा उद्धार गर्न नेपाल सरकारलगायत सम्बद्ध निकायलाई हार्दिक अपिल गरे ।

नेपालमा बारम्बार दोहोरिरहने यस्ता घटनाले ठूलो जनधनको क्षति हुनाका साथै आन्तरिक उड्डयन क्षेत्रको विश्वसनीयता घट्दै गएको बताउँदै उनले आगामी दिनमा सुरक्षित हवाई यात्राका लागि सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिवार्य र कडाइका साथ गर्न अनुरोध गरेका छन् । हवाई सुरक्षाका सम्पूर्ण उपायाहरू अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ५३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।