विमान दुर्घटना : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त « Khabarhub

विमान दुर्घटना : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा आज बिहान भएको विमान दुर्घटना र उक्त दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट आज बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटना भएको हो ।

“चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर पोखराका लागि उडेको विमान दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, अध्यक्ष तिमिल्सिनाद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ । उनले दुःखको यस घडीमा उक्त विमानमा सवार स्वदेशी तथा विदेशी यात्रुहरूको शीघ्र खोज तथा उद्धार गर्न नेपाल सरकारलगायत सम्बद्ध निकायलाई हार्दिक अपिल गरे ।

नेपालमा बारम्बार दोहोरिरहने यस्ता घटनाले ठूलो जनधनको क्षति हुनाका साथै आन्तरिक उड्डयन क्षेत्रको विश्वसनीयता घट्दै गएको बताउँदै उनले आगामी दिनमा सुरक्षित हवाई यात्राका लागि सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिवार्य र कडाइका साथ गर्न अनुरोध गरेका छन् । हवाई सुरक्षाका सम्पूर्ण उपायाहरू अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ५३ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न