अखिल महाधिवेशनः सहमति नभए नेतृत्वका लागि मतदान « Khabarhub

अखिल महाधिवेशनः सहमति नभए नेतृत्वका लागि मतदान


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो।

त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छन्। जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नविना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन्।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी छ।

‘निः शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिशनको हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।

महाधिवेसन २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ। महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधि आएका छन्।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशका मुख्य उदेश्य भनेको नेतृत्व छनोट गर्ने हो। उनका अनुसार जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ। प्रत्येक आयोगमा ५-५ जना सदस्य हुनेछन्।

उनका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ४३ बजे

नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको चुनौती

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले भारतलाई ११५

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 

काठमाडौं– गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो

काठमाडौं – नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा

एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

बिर्तामोडस्थित रेखा खोलामा शव भेटिएपछि दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव भेटिएपछि प्रहरीले