‘महिला आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुनुपर्छ’ « Khabarhub

‘महिला आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुनुपर्छ’

३० वर्ष पुगेपछि अनिवार्य क्यान्सरको जाँच गरौँ



पछिल्लो समय क्यान्सरले धेरै जनालाई सताएको छ। पाठेघरको मुखमा हुने क्यान्सर पनि पछिल्लो समय विकराल बन्दै गएको छ। त्यसैले महिलामा पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ? अस्पताल गएपछि उपचार कसरी हुन्छ ? यसको रोकथाम के हुनसक्छ ? यी र यस्तै विषयमा आधारित भएर क्यान्सर रोग विशेषज्ञ डा. रितु बरालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय क्यान्सर विकराल अवस्थामा फैलिएको छ, यो समस्यालाई कसरी बुझिन्छ ?
मेरो अनुभव अनुसार अहिले यो धेरै बढेको छ। एमआरआई सिटी स्क्यान गरेर क्यान्सर भएको वा नभएको भनेर थाहा पाउन सकिन्छ। अहिले यो हरेक अस्पतालमा धेरै भएको कारणले चाँडो क्यान्सर पत्ता लागेको हुनसक्छ। पहिला पनि थियो होला तर पत्ता नलागेको होला भन्ने मेरो बुझाइ छ। अहिलेको जीवनशैली, खानपान र धुलो धुँवाले गर्दा पनि क्यान्सर बढेको हुनसक्छ।

महिलामा पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ?
यो ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारणले हुन्छ। त्यसमा हामीले ६ र १८ भनेर नाम दिन्छौँ। त्यो धेरै जनासँग यौन सम्पर्क राख्ने महिलामा धेरै हुन्छ। सँगसँगै धेरै धुम्रपान गर्ने महिलामा पनि यो समस्या हुनसक्छ।

यो भाइरस सर्ने बित्तिकै क्यान्सर हुने हो ?
यो धेरै व्यक्तिसँग यौन सम्बन्ध राख्ने महिलामा सर्ने हुन्छ। अरू महिलामा पनि हुनसक्छ। यो भाइरस लाग्ने बित्तिकै क्यान्सर हुने होइन। यो भाइरस लागेपछि क्यान्सर हुन १० देखि १५ वर्ष लाग्छ। कसैकसैलाई त यो आफै निको भएर जान्छ। कसैकसैलाई मात्र यो क्यान्सर हुन्छ। हामी महिलाले आफ्नो स्वास्थ्यप्रति धेरै ख्याल गर्नु पर्दछ। यो क्यान्सरको पहिला नै धेरै लक्षणहरू देखा पर्दछन्। नराम्रो पानी बग्ने बित्तिकै डाक्टरको सल्लाह लिइहाल्नु पर्दछ।
स्क्रलीनिङहरु गर्न सकिन्छ र त्यो हरेक अस्पतालमा हुन्छ। त्यसमा बिआईए, भिजुअल इन्फेक्सन भन्ने हुन्छ, त्यसमा थोरै एसिड राखेपछि आँखाले नै देखिन्छ। त्यसको कलर फरक भएको र त्यो फरक भएपछि रोग छ है भनेर थाहा हुन्छ। त्यसपछि चिकित्सकले सम्बन्धित अस्पताल पठाउँछन्। अर्को अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टरले सरभाइकल प्याप स्मियर भनिन्छ त्यो सानो ब्रस जस्तो भित्र छिराएर पानी निकालेर हामीलाई पठाउनु हुन्छ। हामीले प्याप स्मियर भन्छौँ। त्यसबाट हामीले पाठेघर भित्रको कोशिकालाई हेरेर के परिवर्तन आएको छ कि क्यान्सर हुने संकेत हो कि, इन्फेक्सन के छ भनेर पत्ता लगाउँछौँ।
यदि क्यान्सर सम्बन्धी लक्षण देखिएको छ भने हामीले त्यो पत्ता लगाएर रिपोर्ट दिन्छौं। रिपोर्ट आएपछि स्त्रीरोग विशेषज्ञले हेरेर के उपचार गर्ने सल्लाह दिन्छन्। परिवार पुगेको छ भने निकालेर फाल्नेसमेत हुन्छ। प्याप स्मियर गरेपछि पनि १० वर्ष जतिको समय हुन्छ क्यान्सर हुनको लागि। त्यसैले मेन कुरा हामी महिला नै आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ।

अहिले कुन उमेर समूहमा धेरै यो समस्या देखा परेको छ ?
डब्ल्युएचओले यो वर्षदेखि यसरी प्याप स्मियर गर्ने भनेको छ। तर हाम्रो जस्तो विकाशोन्मुख देशमा त्यो सम्भव छैन। तर नेपाल सरकारले पनि ३० वर्ष भन्दा माथिको उमेर समूहका महिलाले ५ वर्षको फरकमा स्क्लीनिङ टेस्ट गर्नु भनेर भनेको छ। एउटा भाइरसले क्यान्सर लाग्न १० वर्ष लाग्छ। त्यसैले ३० वर्षको उमेरमा जाँच गराइयो भने ४० देखि ४५ वर्षमा मात्र क्यान्सर हुन्छ। त्यसैले नेपाल सरकारले कम्तीमा ३० वर्ष कटेपछि स्क्लीनिङ टेस्ट गर्नुपर्छ भनेको हो। पाँच चाँच वर्षको फरकमा परीक्षण गर्नु धेरै राम्रो मानिन्छ।

पाठेघरको मुखको क्यान्सर भएर अस्पताल गएपछि उपचारको प्रक्रिया कस्तो हुन्छ ?
रिपोर्ट खराब आएको छ भने उपचारमा लाग्नुपर्छ। क्यान्सर भएको छ भने क्यान्सरको डाक्टरलाई नै देखाउँदा राम्रो हुन्छ। क्यान्सर भयो भनेर समय खेल नफाली उपचारमा लाग्नुपर्छ।

यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिन सकिन्छ ?
क्यान्सर हुन नदिने भनेको क्यान्सर हुने कारणबाट टाढा रहने हो। हाम्रो समाजमा धेरै जनासँग यौन सम्पर्क गर्ने धेरै छैन। सबैभन्दा पहिला यसलाई रोक्नुपर्छ। यो अरुले भन्दा पनि आफैंले रोक्न सक्नुपर्छ। यसले मात्र क्यान्सर हुँदैन। खानपानमा धेरै ध्यान दिनुपर्छ।
धूम्रपान नगर्ने, ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन ९ वर्ष देखि १४ वर्षसम्मको लागि आएको छ। तर यो ३० वर्ष सम्मकोले लगाउन मिल्छ। पैसा तिरेर भए पनि यो खोप लगाउनु राम्रो हुन्छ।

यो भ्याक्सिन सबै नेपालीको पहुँचमा छ ?
यो किनेर लगाउने भ्याक्सिन हो। नेपाल सरकारले यसलाई निःशुल्क उपलब्ध गराउन सकेको छैन। केही वर्षमा सरकारले पनि सहयोग गर्न सक्छ।

यो भ्याक्सिनले कसरी काम गर्छ ?
यो भ्याक्सिनले पाठेघरको मुखको क्यान्सर गर्ने प्यापिलोमा भाइरस विरुद्धमा हो। यसले प्यापिलोमा भाइरसलाई नष्ट गर्दछ।

महिलामा धेरै कुन कुन क्यान्सर हुन्छ ?
पाठेघरको मुखको क्यान्सर धेरैलाई भएको छ। त्यसपछि ओभरीको क्यान्सर भएको पाइन्छ।

क्यान्सर सम्बन्धी जान्नै पर्ने केही सवाल छन् कि ?
योनीबाट गनाउँने सेतो पानी बग्यो भने र शारीरिक सम्बन्ध राख्दा रगत बग्यो भने रोग नलुकाई नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ। त्यहाँको सल्लाह अनुसार अर्को अस्पतालमा पुगेर जाँच गर्नुपर्छ। क्यान्सर भयो भनेर निराश हुनु पर्दैन समयमै उपचार भए निको हुन्छ। ३० वर्ष कटेपछि एक पटक अनिवार्य क्यान्सरको जाँच गराउनुहोस्। नेपालमा चारदेखि पाँच हजार रुपैयाँमा क्यान्सरको जाँच हुन्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ५२ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,