ससुराली गएका वृद्धको भीरबाट लडेर मृत्यु « Khabarhub

ससुराली गएका वृद्धको भीरबाट लडेर मृत्यु


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा भीरबाट लड्दा वृद्धको मृत्यु भएको छ।

मिक्लाजुङ गाउँपालिका-७  स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो। भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो।

प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई आफन्तजनलाई जिम्मा लगाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : १२ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको