भक्तपुरमा अन्तरनगर पुरुष खो खो हुने « Khabarhub

भक्तपुरमा अन्तरनगर पुरुष खो खो हुने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म हुने जानकारी दिइएको हो।

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए। यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए। प्रतियोगिताका लागि यसअघि नै प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका थिए।

नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त खो खो प्रतियोगिता आजसम्म विभिन्न १४ वटा नगरपालिकाहरूबाट लिखित र मौखिक रुपमा भाग लिन नाम दर्ता गराइसकेको जानकारी सम्मेलनमा गराइयो। नाम दर्ताको अन्तिम समय भने आज साँझ ५ बजेसम्म रहने जनाइएको छ।

अन्तरनगर खो खो प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गरेको जनाइएको छ। खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै नभएको र भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जनाएको छ। साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको जनाइएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : ०१ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’