संसद् बैठकमा मन्त्रीको खोजी « Khabarhub

संसद् बैठकमा मन्त्रीको खोजी


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद् बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरू उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् । 

घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ‘केमा नियमापत्ति’ हो भन्दै प्रश्न गरे । यसपछि सांसद श्रेष्ठले बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै नियमापत्ति जनाए । तर, सभामुख घिमिरेले बैठकमा ऊर्जा राज्यमन्त्री दीपक सिंह उपस्थित रहेको बताए । फेरि सांसद श्रेष्ठले राज्यमन्त्री रहेर नहुने भन्दै सरकारको जवाफदेहिताप्रति प्रश्न उठाए । 

साथै बैठक चलिरहँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे स्मरण गराए । मन्त्रीहरू बाहिर भित्र गरिरहेको जानकारी गराउँदै सभामुख घिमिरेले पुनः मन्त्री आउने बताए । सभामुख घिमिरेको जवाफपछि सांसद श्रेष्ठले आफूले सभामुखको ध्यानाकर्षण गराउन मात्र खोजेको बताए । यसपछि बैठक चलिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ४० बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा