स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन « Khabarhub

स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङसम्बन्धी नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीले प्रतिवेदनमा १० जनालाई प्रतिवादी बनाएको छ । उनीहरूलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको एसपी सन्जयसिंह थापाले जनाएका छन् ।

नेपाली टी-२० लिग गत पुस ९-२७ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । सो प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल अन्सारी, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया स्पट फिक्सिङमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ५९ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त