कलाकार विदेशिने अवस्था रोकिनुपर्नेमा उपराष्ट्रपति पुनको जोड « Khabarhub

कलाकार विदेशिने अवस्था रोकिनुपर्नेमा उपराष्ट्रपति पुनको जोड


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् । ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए । 

‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रले भूमिका खेल्दै आएका छन्’, उनले भने। भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रले गरिरहेको जनाउँदै उनले देशभक्ति भावले ओतप्रोत बनाउन तथा राष्ट्रिय एकताको प्रवर्द्धन, भौगोलिक अखण्डताको रक्षामा चलचित्रले योगदान पुर्‍याउँदै आएको बताए । 

नेपाली चलचित्र क्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको उल्लेख गर्दै उनले विशेष गरी हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए। ‘समाजका विकृतिविरुद्ध प्रहार गर्दै सामाजिक रूपान्तरणको सन्देशसहित हास्य चेत मिसिएका यसप्रकारका चलचित्र आमनेपालीका लागि नियमित मनोरञ्जनको प्रमुख माध्यम बनिरहेका छन्’, उपराष्ट्रपति पुनले भने, ‘हास्य कलाकारको व्यङ्ग्यकला मनोरञ्जनमात्रै नभइ नीति निर्माण तहमा पनि प्रभाव पार्नसक्ने माध्यम बनेका छन् ।’

देशको राजनीतिक तथा सामाजिक रूपान्तरण, भाषा, संस्कृति, गीत, सङ्गीत, साहित्यको संरक्षण, प्रवर्द्धनमा उच्चतम् योगदान दिने राष्ट्रका सम्पत्ति कलाकारलाई उचित सम्मान र पुरस्कृत गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भोलिका वरिष्ठ कलाकार, आजका प्रतिभावान् कलाकार जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यता रोक्न सरकार र सबै पक्षको ध्यानाकर्षण गराए । 

कार्यक्रममा नेपालको पहिलो नायिका भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, लय सङ्ग्रौलालगायत कलाकार, गीतकार, निर्माता, निर्देशक, सञ्चारकर्मी, प्राविधिकलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ३ : ३८ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा