‘फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ’  « Khabarhub

‘फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ’ 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । 

नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महरले फौजदारी अभियोगमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताए ।

‘माननीय सांसदहरूले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु पर्छ’ नेता महर भन्छन्, लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्त्वपूर्ण अर्थ रहन्छ । जनता र सांसद जसलाई पनि कानुनले बराबर ठान्ने उनको भनाइ छ। आज दुई खाले व्यवहार गर्न खोजिँदै गरिएको उनको धारणा छ। 

एक अर्को प्रशंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरूको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उठाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरेका छन्।

वर्तमान संविधान र परिवर्तन विरोधीहरू संसद्, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधि पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।v

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ३ : ४७ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन