निर्मला कुर्मी प्रकरण : तीन बुदेँ सहमतिपछि धर्ना स्थगित « Khabarhub

निर्मला कुर्मी प्रकरण : तीन बुदेँ सहमतिपछि धर्ना स्थगित


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ । नेपाल सरकारसँग तीन बुदेँ सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिइन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसँग हिजो भएको छलफलका आधारमा आज तीन बुदेँ सहमति भएको हो । आन्दोलनरत पक्षधरले माइतीघरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायिक आयोग गठन गर्नुपर्ने, घटनाको छानबिन उक्त आयोगले नै गर्नुपर्ने प्रमुख माग राख्दै आन्दोलन स्थगित गरिएको खानले जानकारी दिइन्।

उनले भनिन्, ‘कुर्मी त एउटा उदाहरण मात्र हुन् । माग कार्यान्वयन नहुँदासम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसूरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२ बमोजिम मुद्दा चलाइने उल्लेख छ ।

आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत राख्दै हाललाई आन्दोलन स्थगित गरेको जनाएको छ । घरेलु हिसांपीडित महिलाको न्यायका लागि माग गर्दै नेपालगञ्जदेखि पैदलयात्रा गरेर काठमाडौँ आएका खानसहितका व्यक्तिले माइतीघरमा गएको ४८ दिनदेखि धर्ना दिइरहेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : १५ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको