चितवन-२ : चैत २० गते उम्मेदवारी दर्ता « Khabarhub

चितवन-२ : चैत २० गते उम्मेदवारी दर्ता


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको  छ ।

यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए । 

अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले  तयारी गरेको हो । मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उनले जानकारी दिए । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरूले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली संकलनको काम रोकिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : २८ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा