भारतको मणिपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने « Khabarhub

भारतको मणिपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर पूर्वी भारतको मणिपुर राज्यमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । मेघालयको राजधानी इम्फालस्थित खुमन लाम्पाक रंगशालामा आगामी मार्च २२, २४ र २६ का दिन अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा भारतीय राष्ट्रिय फुटबल टिमका साथै किर्गिजस्तान र म्यान्मारका राष्ट्रिय फुटबल टिमले सहभागिता जनाउने आसामबाट प्रकाशित हुने आसाम ट्रिब्युनले जनाएको छ ।

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले अखिल भारतीय फुटबल संघका अध्यक्ष कल्याण चौबेको उपस्थितीमा प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको जनाइएको छ ।

मुख्यमन्त्री सिंहले आफ्नो राज्यलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने मौका दिएकामा अखिल भारतीय फुटबल संघलाई धन्यवाद पनि दिएका छन् ।

उनले उक्त प्रतियोगिता सफलतापूर्वक आयोजना गर्नका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराख्ने समेत स्पष्ट पारेका छन् ।ब

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ०० बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम