संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपतिको जोड « Khabarhub

संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपतिको जोड


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिइन् ।  दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि आज यहाँ आएकी राष्ट्रपति भण्डारीले सो भवनको उद्घाटन गर्दै सो धारणा राखेकी हुन् ।

उनले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेको स्मरणसमेत गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।’ 

दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको स्मरण पनि पारिन्। 

नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उनले बताइन्। उनले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु यहाँका नागरिकका लागि सौभाग्यको कुरा हो भनिन् ।

राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरू उत्पादनमा लाग्नुपर्ने बताइन् ।   

साथै उनले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौँ स्नातक उत्पादन गर्ने काममा सघाउन पुग्ने विश्वाससमेत व्यक्त गरिन्। उनले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गरिन्।
उनले आयुर्वेद उपचार पद्धति नेपालको पुरानो उपचार पद्धति भएको र यसलाई कोरोना भाइरसका बेला मानिसहरुले अवलम्बन गरेबाट पनि यसको महत्व विश्वमै बढेको स्पष्ट गरिन्। पूर्वीय सभ्यता मात्रै नभई संसारको साझा सम्पत्तिका रुपमा आयुर्वेदलाई लिने गरिएकोसमेत राष्ट्रपति भण्डारीले बताइन् । 

आयुर्वेद, योग, ध्यानलगायत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अनेकौँ उपचार पद्धतिको खोज अनुसन्धानका लागि पनि संस्कृत विश्वविद्यालय क्रियाशील हुनुपर्ने उनको सुझाव थियो ।  

राष्ट्रपति भण्डारीले नेपालीको पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नुपर्ने भन्दै यसको नेतृत्व विश्वविद्यालयसहित अन्य प्राज्ञिक संस्थाले लिनुपर्ने बताइन्। उनले भनिन्, ‘हाम्रो परिकल्पना केवल आर्थिक समृद्धि र भौतिक सुखसँग मात्रै सम्बन्धित छैन । सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासँग पनि सम्बन्धित छ । हामी सांस्कृतिक पुनरुत्थानको महान यात्रामा गतिशील छौँं ।’ 

त्यस अवसरमा उनले नेपाल संस्कृत विश्वविद्यालयसँग थुप्रै चल, अचल सम्पत्ति रहेको भन्दै त्यसलाई संरक्षण गरी आयआर्जनमूलक कार्यमा लगाउन पनि सुझाव दिइन्। त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताएकी थिइन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले यस विश्वविद्यालयको विकास र विस्तारका लागि आफू लागिपर्ने बताए। 

सो कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा. यादवप्रसाद लामिछाने र कुलसचिव माधव अधिकारी र शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले विश्वविद्यालयका बारेमा जानकारी गराए । आयुर्वेदमा स्नातक (बिएएमएस) अध्ययनका लागि सो भवन निर्माण भएको हो । तीनतल्ले उक्त भवनमा एक सय आठ  कोठा रहेका छन् । सोही भवनमा कोरोनाको समयमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पताल पनि सञ्चालन गरेको थियो । 

–नारायणी रजौरे रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ५७ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार