गोंगबुँ घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ « Khabarhub

गोंगबुँ घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले आइतबार काठमाडौंको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं प्रहरीले उदयपुर बलमता गापा-२ घर भई काठमाडौं ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर-५ घर भई काठमाडौं ताराकेश्वर-१० बस्दै आएका विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा-१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु-२ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत आइतबार माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका व्यवसायीहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न दसबुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा आन्दोलनकारीले बा २ झ १४४ नम्बरको स्कारपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गरेका थिए।

यस्तै गाडीभित्र रहेको मोटोरेला बेस सेट, फायर स्ट्रिंगुजर, मेगा फोनलगायतका सामान पनि नष्ट भएका थियो । साथै माज्दा गाडीभित्र रहेको हाइटेरा बस सेट, फायर स्ट्रिंगइजर, मेगा फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ती व्यक्तिलाई सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा बमोजिम पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट दिन तीन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ४४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको