देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्न मन्त्री मोदीको निर्देशन  « Khabarhub

देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्न मन्त्री मोदीको निर्देशन 


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले यो देश बनाउने जिम्मा मेरो पनि हो भन्ने सोचेर काम गर्न निर्देशन दिएका छन् । 

आज ललितपुरमा निजामती सेवामा नवप्रवेशी शाखा अधिकृतहरूको ३६औँ आधारभूत प्रशासन प्रशिक्षण शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले आफ्नो आमा, बुबा, गुरु, समुदाय र समाजलाई सम्झेर देशको शिर उँचो बनाउने गरी जिम्मेवारीबोध गरेर काम गर्न निर्देशन दिएका हुन्  । 

‘देशमा बेथिति छ, यसको अन्त्य गर्नुछ, यो देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस्, कुनै राजनीतिप्रति आस्था होला, तर देश र जनताको सेवा गर्ने मिसन बनाउनुस्’, मन्त्री मोदीले भने , ‘गलत नियतले सेवा प्रवाहमा नलाग्नुस्, लज्जित हुनुपर्ने पनि हुनसक्छ । अब्बल बन्नुस्, कार्य क्षमता वृद्धि गर्नुस् प्रतिभाका आधारमा तपाईंलाई बोलाउने वातावरण बनोस् ।’

मन्त्री मोदीले कर्मचारीलाई समयको परिपालन गरेर काम गर्न, आफ्नो व्यक्तिगत जीवन जिउने अभिलाषा मात्रै नराख्न र सेवालाई प्रयोग गरेर सजिलै पैसा कमाउने अभियानमा मात्रै नलाग्नसमेत आग्रह गरे । 

मुख्य सचिव शङ्करदास वैरागीले नवप्रवेशी शाखा अधिकृतलाई प्रतिस्पर्धाको यात्रा अर्को तरिकाले सुरु भएको ठान्न आग्रह गरे । ‘निष्पक्षरूपमा प्रतिबद्ध भएर उच्च मनोबलका साथ काम गर्नुस्, तपाईंहरू सरकारको जग हो । तपाईंहरू सरकारको नीति कार्यान्वयन गर्ने महत्त्वपूर्ण औजार हुनुहुन्छ’, मुख्यसचिव वैरागीले भने, ‘प्रविधिमैत्री सेवा प्रदान गर्ने सरकारको लक्ष्य छ । यसका लागि तत्पर रहनुस्, कुशल प्रशासक र व्यवस्थापक हुने प्रतिज्ञा गर्नुहोस् । हामी पनि तपाईंहरूको राम्रोका लागि सोचिरहेका हुन्छौँ, तपाईं पनि देश र जनताका लागि सोच्नुस् ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निजामती सेवा असाध्यै उच्च गरिमामय सेवा भएको बताउँदै राष्ट्रिय र जनताको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर योगदान दिने भूमिका निर्वाह गर्न आग्रह गरे । ‘तपाईंलाई यस सेवा प्रवेशले समग्र देश विकासको अवसर प्रदान गरेको छ । आरोपबाट मुक्त रहेर काम गर्दै स्थापित हुनुहोला’, उनले भने ।

  सचिव पुष्करले भने, ‘कार्यसम्पादन मूल्यांकनमा अब्बल हुनुहोला । असल काम गरेर कीर्तिमान कायम गर्ने कर्मचारी बन्नुस् ।’ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले तालिमले क्षमता अभिवृद्धिका साथै यसलाई ज्ञानमा परिवर्तन गराउन अभ्यस्त बनाउने बताए। उनले नवप्रवेशी शाखा अधिकृतलाई सिक्ने विषयलाई प्राथमिकतामा राखेर तालिममा सहभागी हुन आग्रह गरे ।

विभिन्न सेवामा प्रतिस्पर्धा परीक्षामा सफल भई शाखा अधिकृत तहमा प्रवेश गरेका दुई सय ३९ जना शाखा अधिकृतको तालिम आजदेखि सुरु भएको हो । तालिम आजदेखि छ महिनासम्म चल्ने छ । व्यवस्थापकीय, सुशासन, विकास, नवप्रवर्तन, निर्णय क्षमता र सञ्चार गरी छवटा अवधारणामा आधारित रहेर नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तय गरेको पाठ्यक्रमको आधारमा प्रशिक्षण हुने कार्यकारी निर्देशक डा खनालले जानकारी दिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ५७ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन