पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : गण्डकीका पर्यटनमन्त्री जुग्जाली « Khabarhub

पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : गण्डकीका पर्यटनमन्त्री जुग्जाली


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित प्रगति समीक्षा कार्यक्रममा उनले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा पर्यटनलाई लिइए पनि बजेटको प्राथमिकतामा नपरेको बताए । “कूल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा छ, यो क्षेत्र हेलामा परेको छ”, उनले भने, “समृद्धिको आधार पनि भन्ने अनि यति थोरै बजेटले पर्यटन कसरी उकासिन्छ ।”

मन्त्री जुग्जालीले जिल्ला तहमा रहेका पर्यटन तथा उद्योग कार्यालय पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावबाट गुज्रिरहेको बताए । आफू भर्खर मात्र मन्त्रालयको जिम्मेवारीमा आएको जनाउँदै उनले स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सक्दो पहल गर्ने बताए ।

पर्यटन क्षेत्र बजेटको कम प्राथमिकतामा पर्नुको कारणबारे समीक्षा हुनुपर्ने उनको भनाइ छ । “पहिले घरबासका लागि रु ३० करोड बजेट छुट्टाइएकामा अहिले किन एक करोडमा झर्‍यो अब हामीले यसमा पनि छलफल गर्नुपर्छ, कार्यक्रमका उपलब्धि के रहे समीक्षा गरौँ”, उनले भने, “योजना कार्यान्वयनमा समस्या छन् भने कार्यविधि बदलौँ बरु योजनाको सङ्ख्या घटाऔँ तर परिणाममुखी काममा बढी जोड दिऔँ ।”

उनले न्यून जनशक्ति र स्रोतसाधनका बाबजुत मातहातका कार्यालयबाट भएको कार्यसम्पादन सन्तोषजनक रहेको बताए । उनले कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर कार्यक्षेत्रमा खट्न कर्मचारीलाई आग्रह गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : २३ बजे

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले