पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : गण्डकीका पर्यटनमन्त्री जुग्जाली | Khabarhub Khabarhub

पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ : गण्डकीका पर्यटनमन्त्री जुग्जाली


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित प्रगति समीक्षा कार्यक्रममा उनले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा पर्यटनलाई लिइए पनि बजेटको प्राथमिकतामा नपरेको बताए । “कूल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा छ, यो क्षेत्र हेलामा परेको छ”, उनले भने, “समृद्धिको आधार पनि भन्ने अनि यति थोरै बजेटले पर्यटन कसरी उकासिन्छ ।”

मन्त्री जुग्जालीले जिल्ला तहमा रहेका पर्यटन तथा उद्योग कार्यालय पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावबाट गुज्रिरहेको बताए । आफू भर्खर मात्र मन्त्रालयको जिम्मेवारीमा आएको जनाउँदै उनले स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सक्दो पहल गर्ने बताए ।

पर्यटन क्षेत्र बजेटको कम प्राथमिकतामा पर्नुको कारणबारे समीक्षा हुनुपर्ने उनको भनाइ छ । “पहिले घरबासका लागि रु ३० करोड बजेट छुट्टाइएकामा अहिले किन एक करोडमा झर्‍यो अब हामीले यसमा पनि छलफल गर्नुपर्छ, कार्यक्रमका उपलब्धि के रहे समीक्षा गरौँ”, उनले भने, “योजना कार्यान्वयनमा समस्या छन् भने कार्यविधि बदलौँ बरु योजनाको सङ्ख्या घटाऔँ तर परिणाममुखी काममा बढी जोड दिऔँ ।”

उनले न्यून जनशक्ति र स्रोतसाधनका बाबजुत मातहातका कार्यालयबाट भएको कार्यसम्पादन सन्तोषजनक रहेको बताए । उनले कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर कार्यक्षेत्रमा खट्न कर्मचारीलाई आग्रह गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : २३ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा