जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव « Khabarhub

जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी‍ नेपाल जसपाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताएका छन् ।

जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख गरे ।

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए ।

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ । सङ्घीयतालाई मजबुत बनाउन सङ्घीय कानुन आवश्यक रहेको यादवले बताए । “प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन, प्रहरी प्रशासनबिना सरकार चलाउन कठिन हुन्छ । प्रदेशलाई मजबुत बनाउनुपर्छ”, उनले भने ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले सङ्घीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन व्यवस्था लाद्ने प्रयास भइरहेको बताए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा ९एमाले०सँग गठबन्धन नभई केही सिटमा तालमेल मात्रै भएको उनले बताए । पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नौ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनले स्पष्ट पारे ।

उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने उल्लेख गरे । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि कांग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ४० बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन