उत्पादनमा लगानीकर्ताको ध्यान गएन « Khabarhub

उत्पादनमा लगानीकर्ताको ध्यान गएन


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ब्याजदर सीमित हुँदासमेत धेरै उद्योग खुलेनन् भन्ने छ । व्यापार गर्नका लागि आवश्यक पर्ने पूँजीमा ब्याजदर एउटा महत्वपूर्ण पक्ष हो । राष्ट्र बैंकले लामो समयसम्म सिंगल डिजिटमा ब्याजदर स्थिर राख्ने प्रयास गरेको थियो । 

जस्तो, ब्याजदर ९ प्रतिशतभन्दा बढी हुन नहुने भन्ने थियो । त्यसबेला पनि उत्पादनमा लगानीकर्ताको ध्यान गएन । सेयर बजार र घर जग्गा जोड्नमा गयो । अहिले पनि लामो समयसम्म उद्योगमा आउने समस्यालाई एकै तरिकाले हल गर्ने हिसाबले ब्याजदर हुँदैन । ब्याजदरमा पनि उतारचढाव हुन्छ । जब उतारचढाव हुन्छ, तब व्यापारीले तनाव लिन्छ र भोलि के होला भन्छ ।

 यो ब्याजदरको कारणले गर्दा व्यापारी सुनिश्चित हुन सक्ने स्थिति देखिँदैन । अहिले ‘हाई’ ब्याजदरका कारण हाम्रो बृहत् अर्थतन्त्रको ‘ब्यालेन्स’ बिग्रेको छ र सन्तुलनमा सङ्कटको कारण भोलि श्रीलङ्काको जस्तो अवस्था आउने हो कि ? औषधि ल्याउन नसक्ने हो कि ? अत्यावश्यक सामग्री ल्याउन नसक्ने पो हो कि भन्ने भएर आयातमा बलजफ्ती रोक लगाएर ‘ब्यालेन्स अफ पेमेन्ट’ बचाउन तर्फ हामी लाग्यौँ, र ‘ब्यालेन्स अफ पेमेन्ट’ माथि हुनेबित्तिकै ब्याजदर पनि माथि गैहाल्यो ।

अहिले उद्योगधन्दाहरू मरे भन्दा पनि हुन्छ । यहाँको श्रम बाहिर जानु दुःखको कुरा हो । हाम्रो म्यानपावरले यहाँ काम गर्न मन पराएनन् । बाहिर नै राम्रो हुन्छ भन्ने भयो । किनभने यहाँको पैसाले मान्छेले सहज जीवनयापन गर्न सकेको अवस्था देखिँदैन । विदेशमा ‘हाई टेक्नोलोजी’ छ । सामान्य काम गर्नेवित्तिकै पनि उनीहरूले नेपालीको इमान्दारीलाई प्रयोग गरेर फाइदा कमाएका छन् । त्यस कारण ‘लेबर मार्केट’ मा हामीले परिवर्तन गर्नुपर्छ । युवा बाहिर पलायन भएर खेतबारी बाँझै छन् । यसको लागि नीति परिवर्तन गरेर युवालाई यहीँ रोजगारी सिर्जना गराउनुपर्‍यो ।

गहना त रोकेको हो । तर पनि ‘रेगुलेशन’ राम्रो नभएको कारणले कतै राम्रो भएन, सबैतिर भताभुङ्ग भयो । यति हुँदा पनि बिजनेस क्षेत्रले गरेको कामलाई प्रशंसायोग्य मान्नुपर्छ ।

हाम्रो सोचाइ कस्तो भयो भन्दा, बाहिर १८ घण्टा काम गर्ने तर यहाँ ८ घण्टा पनि हाई हाई गर्दै बस्ने चलन छ । बाहिर धेरै तलब भएर पैसाको लोभले गर्छन्, यहाँ धेरै पैसा दिने अवस्था छैन । यसको लागि बिजनेस क्षेत्रले सरकारलाई सुझाव दिने, अनुशासित हुन सिकाउनु पर्‍यो ।

खबरहबले आयोजना गरेको ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रतिवेदन’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीले राखेको धारणा

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : ५१ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा

अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख

जनकपुरधाम – मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्रारचार नियन्त्रणको

अमेरिकाले कडा माग राखेका कारण आणविक वार्ता सफल नभएको इरानको दाबी

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले

पशुपतिमा यसरी हुँदैछ शिवरात्रिको तयारी (तस्बिरहरू)

काठमाडौं – यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैन : प्रचण्ड

बागलुङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल