रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा | Khabarhub Khabarhub

रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए ।

२१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २–० को अन्तरले अग्रता लियो ।

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए।

त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुग्यो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : १९ बजे

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक