हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा | Khabarhub Khabarhub

हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले  थप एक एक गोल गरेर सिटीलाई यो लिगकै सानदार जीत निकाले ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टीबाट अग्रता लिएको थियो । दुई मिनेटपछि अर्थात् २४ औं मिनेटमा नै हालान्डले केभिन डि ब्रुएनाको पासमा दोस्रो, पहिलो हाफको इन्ज्युरी समय अर्थात् ४९औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा हल्यान्डले हयाट्रिक गरे ।

हल्यान्डको गोलको गति यतिमा नै रोकिएनन दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा म्यानुएल एकान्जीको पासमा, ५७औं मिनेटमा ले एकान्जीकै पासमा थप गोल गरेर एउटै खेलमा हल्यान्डले लगातार ५ गोल गरेर कीर्तिमानी कायम गर्न सफल भए ।

योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।

यसैगरी, सिटीबाट एकै सिजन ३९ गोल गर्ने हालान्ड एक्ला खेलाडी पनि बनेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : २९ बजे

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित

बेइजिङ- चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने