अहिले संसारमा ऊर्जा संकट देखिएको छ। रुस–युक्रेनबीच एक वर्ष अघिदेखि जारी युद्धका कारण यो ऊर्जा संकट देखिएको हो। यस बीचमा प्राध्यापक एरविन रेस्नरले नयाँ विकल्प देखेका छन्। उनले प्लास्टिकको थुप्रोबाट ऊर्जा संकट समाधानको उपाय देखेका हुन्। ‘प्लास्टिक जीवाश्म इन्धनको अर्को राम्रो विकल्प हुन सक्छ,’ क्याम्ब्रीज विश्वविद्यालयमा इनर्जी तथा सस्टेनबलीटीका प्राध्यापक रेस्नरले भनेका छन्। रेस्नरका अनुसार त्यहाँ ऊर्जा र रसायनको संयोजन छ। यो राम्रो विकल्प पनि हुनसक्छ।
अहिले बजारमा रहेका प्लास्टिक मध्ये १० प्रतिशत पुन उपयोग हुनसक्छन्। वातावरण विज्ञ भने यसको सकारात्मक र नकारात्मक पक्षको बारे अध्ययन गर्न व्यस्त छन्।
एलन म्याक र्अदर फाउन्डेसनका प्लास्टिक कार्यक्रमका व्यवस्थापक डिलयाना मियालोभाले लाखौँ अर्बौँ डलरको सम्भावनाको कुरा खेर गई रहेको प्रतिक्रिया दिएका छन्। संसारभर प्रति वर्ष चार मिलियन टन भन्दा बढी प्लास्टिक उत्पादन हुन्छ। ती मध्येका ८५ प्रतिशत जमिनमै जाने गरेका छन्। जुन प्रकृतिका लागि घातक हुने गरेको छ। यो सयौं होइन हजारौँ वर्ष माटो मुनी नै रहन्छ।
अहिले संसारमा फरक खालको प्रयास भइरहेका छन्। यो नयाँ प्रयास अहिले प्लास्टिकको फेरि उपयोगको विषयमा केन्द्रित हुन थालेका छ। मेकानिकल रिसाइक्लीङको रूपमा प्लास्टिकलाई धुने, टुक्र पार्ने, पगाल्ने र फेरि बनाउने काम भइरहेको छ।
प्लास्टिक उद्योगले केमिकल रिसाइक्लीङ गर्ने गरेका छन्। यसमा प्लास्टिकको रासायनिक रूपमा परिवर्तन गरिन्छ। यसलाई फेरि पुरानै कच्चा पदार्थको झैँ प्रयोग गर्न सकिन्छ। यो प्रविधि महँगो र अनुत्पादक भएको ठहर गर्दै वातावरणविद्हरूबाट आलोचित भएको छ। मिहयलोभाका अनुसार प्लास्टिकलाई मात्र बाहिर राखेर वातावरण प्रदूषण हटाउने कुरा सम्भव नै देखिँदैन।
अहिले उनको टोली नयाँ सम्भावनाका बारे केन्द्रित भएको छ। सूर्यको प्रकाशको प्रयोग गर्दै कार्बन डाईअक्साइड र प्लास्टिक दुवैको उपयोग गर्ने यो नयाँ शैली र प्रविधिका बारे उनीहरूले सोची रहेका छन्। यो प्रविधिले प्लास्टिक र कार्बनडाइ अक्साइडलाई सायन ग्यासमा परिणत गर्छ। यो हाइड्रोजन जस्तो टिकाउ पूर्ण ऊर्जाको एउटा श्रोत हो। कस्मेटिक उद्योगमा अत्यधिक प्रयोग हुने ग्लाइकोलीक एसिड पनि यसै समयमा उत्पादन हुन्छ।
सूर्यको प्रकाश सोस्ने एक खालको रसाइनलाई क्याटलीस्टको रूपमा प्रयोग गर्दै यसले काम गर्छ। उनले बताए अनुसार यो प्रक्रिया कोठाका तापक्रम या कोठाको प्रेसरमै पनि हुनसक्छ।
‘यसको संयोजन गर्ने भनेको जोड्ने भनेको हामी थप मूल्यलाई पनि जोड्छौ’, प्राध्यापक रेस्नरले भने, ‘हामीसँग चार किसिमको विषयको मूल्य निर्धारण गर्नुपर्ने हुन्छ। खेर जाने प्लास्टिकको फेरि उपयोग। खेर जाने कार्बन डाई अक्साइडको पुनः उपयोग। तथा दुई महत्त्वपूर्ण रसायनको उत्पादन। मलाई लाग्छ यसले हामीलाई व्यापारीकरण सोचले पनि नजिक लैजाने छ।’
रेस्नरका अनुसार उनको टोली पुर्न उपयोग गर्न नसकिने प्लास्टिकलाई नियन्त्रणमा लिन पनि सफल हुने छ। खाना सहितको दूषित प्लास्टिक प्रायजसो जलाइने चलन छ। तर यसका केही उपयोगिता पनि छन्। खाना राम्रो कुरा भएका कारण यसले प्रक्रियालाई अझ राम्रो बनाउन सक्छ।
यसको पुन प्रयोगपछि प्लास्टिककै तत्त्वबाट अन्य सामग्री बनाउन पनि सकिन्छ। डिटरजेन्ट, लुब्रीकेन्ट, लुब्रीकेन्ट र अन्य बायोकेमिकल उत्पादनका लागि पनि यो उपयोग हुनसक्छ। अहिले संसारका अनुसन्धानकर्ता यसै किसिमको काम नलाग्ने उत्पादनको पुन प्रयोगका बारे सोची रहेका छन्।
संसारमा अहिले पोलीमरलाई टुक्रा पार्ने प्रविधि आइ सकेको छ। प्लास्टिक ठूलो मात्राको प्लास्टिकको पोली मेकर हो।
‘त्यहाँ पहिले नै ब्याक्टेरिया निकालिएका कारण इन्जाइमहरू विभाजन हुन सक्छन्’, पोर्टेस माउथ विश्वविद्यालयकी सिनीयर रिसर्च फलो डा. भिक्टोरिया बेमरले भनिन्। यिनलाई बिस्तारै टुक्र्याएर इन्जाइमको पुनः प्रयोगको सम्भावना उनीहरूले देखेका छन्।
यसै कुराहरूको अध्ययनको आधारमा डा. बेमरले नयाँ मेसिनको सोच बनाएकी छिन्। यसले पोलीटेनेथीक टेराफथालेट (पीइटी)को सबै भेराइटीको नास गर्ने कुरालाई सहजै ग्रहण गर्छ।
इन्जाइम बेक गर्ने उही शैली केमिकल ब्रेक डाउन पनि हुने गर्छ। यो एकदम सामान्य परिस्थितिमा पनि हुनसक्ने उनको ठहर छ। रसायनीक रिसाइक्लिङका लागि रसायन प्रयोग भइरहेको समयमा पोर्ट्समाउथ विश्वविद्यालयका अध्यापकहरूले पानीको प्रयोग गरेका छन्।
उनीहरूका अनुसार यसका लागि अधिकतम ७० डिग्री सम्मको तापक्रम आवश्यक पर्छ। मतलब अन्य प्रक्रियाको तुलनामा यो प्रक्रियामा कम ऊर्जाको खपत हुन्छ।
डे बेमर नयाँ ढङ्गको इन्जाइम निर्माणको पक्षमा छिन्। यसको मतलब भविष्यमा नयाँ निर्माण भिन्न रूपले उदाहरणीय र अनुकरणीय हुनसक्छ। यसले टिकाउ पूर्ण अर्थतन्त्रको पनि विकास हुनसक्छ। साथै पीइटीबाट बनेको पोलिस्टर त कपडाका लागि प्रयोग हुने नै भए। त्यसो त यी सबै प्रक्रियाको भर्खरै सुरुवात भएका कारण त्यत्ति सहज पक्कै हुँदैन। इन्जाइमको प्रयोग गर्दै सेन्थेथिक फेब्राइसको पुन प्रयोग पक्कै कठिन छ। बेमरले यसैबीच पोलिस्टर नै सबै वातावरण प्रदूषणको मुख्य कारण भने नरहेको खुलासा गरेकी छिन्।
यो टोलीले टेक्सटाइलबाट खेर गएका कुरामा पीइटी हटाउँदै नयाँ र पुनः उपयोग गर्न सकिने किसिमले पोलिस्टर बनाउन सक्छन्। ‘हामी धेरै सुरुवाती चरणमा छौं’, डा. बेमरले भनिन्, ‘हामीलाई अझै केही ज्ञानको अभाव छ। सबै तत्त्व इन्जाइमका लागि आवश्यक हुन्छ या हुँदैन भन्ने विषयमा नै हामी अन्यौलता छौं। हामीलाई विश्वास छकी यो धेरै अप्ठेरो प्रक्रिया होइन। हामीले भविष्यमा इन्जाइम बनाउन सक्छौं।
संसारमा अहिले प्लास्टिकको उत्पादन र उपयोगिता बढी रहेको छ। सन् २०६० सम्ममा यो तीन गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ। यस कारण पनि यसको पुनः प्रयोग चर्चाको विषय बनी रहेको छ। कत्तिले यो अनावश्यक बहसको विषय ठानेका छन् भने कत्तिका लागि यो अझै पर्याप्त छैन।
यो विषयमा रेस्नरको टोलीले शैशव कालमै काम गरी रहेको छ। उनीहरूले यसलाई व्यवसायी बनाउने , नयाँ उत्पादन गर्ने तथा फराकिलो बनाउने कामका लागि अर्को पाँच वर्ष समयको माग गरिरहेका छन्। धेरैको अपेक्षा छ एक दिन सौर्य ऊर्जाको प्रयोगबाट यो सबै प्लास्टिक फेरि प्रयोग गर्न सकिने दिन पनि आउने छ।
अहिले संसारमा प्रति वर्ष ६ सय मिलियन टन स्यानग्यास उत्पादन हुन्छ। यी सबै जीवाश्म इन्धनबाट हुने हुन्। यी सबैको व्यवसायिक प्रयोग नेपाली अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण हुनसक्छ।
स्रोत : बीबीसी
प्रतिक्रिया