छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ । को ७ प ५६५ नम्बरको मोटरसाइकलमा पछाडि सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्षीया चन्द्रकलादेबी राय गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको रामप्रसाद दराई गाउँपालिका ५ लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढ सय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ ।

दाङको लमही नगरपालिका ९ रिहारमा ट्याक्टरको ट्रलिबाट खसेर एक जनाको मृत्यु भएको छ । रा७त २२८६ नम्बरको ट्याक्टरको ट्रलिबाट खसेर गम्भीर घाइते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : ४७ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता