समाचार

राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा ढुंगाना चयन 

By खबरहब

March 15, 2023

विराटनगर– राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरञ्जन ढुंगाना चयन भएका छन् । संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अभिषेक केडिया र कोषाध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । 

महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।