दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई « Khabarhub

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरेको चौथो संस्करको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा मंगलबार सम्पन्न  फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३-१ ले हराउँदै नेर्पाले चौँथो संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटिकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटकोरेका दीपक खत्री, उत्कृष्ट गोलरक्षकको उपाधि माटिकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् ।

 उनीहरूलाई जनही नगद रु पाँच-पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नुरकाजी सैंजुले जानकारी दिएका छन् । विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

यही फागुन-२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोपेश श्रेष्ठले जानकारी दिए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४-३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १-० ले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको थियो । ‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गरेका थिए ।

दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना गरिएको केएफएले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि आयोजित दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो । 

यसैबीच, प्रतियोगिता समापनको अवसर पारेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र जिल्ला फुटबल सङ्घ खोटाङबीच आयोजित मैत्रीपूर्ण खेलमा जिल्ला फुटबल सङ्घ विजयी भएको छ । रोमाञ्चकारी प्रतिस्पर्धा भएको मैत्रीपूर्ण खेलमा १-० ले जिल्ला फुटबल सङ्घ विजयी भएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : २९ बजे

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता