पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु « Khabarhub

पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए । 

आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–०सुपरटाईमा १०–२ ले पराजित गरे ।  खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका हुन् । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे ।

 त्यस्तै अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६-२, ६-१ ले, पदम गुरुङ (नदीपुर) ले वीरेन्द्र लामालाई ६-४, ५-७सुपरटाईमा १०-३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे)लाई ६-०, ६-१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७-६, ६-३ ले पराजित गरे ।

त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६-२, ६-० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६-१, ६-० ले शरण गुरुङले लोक गुरुङलाई ६-१, ६-४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६-३, ६-१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बताए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६-२, ६-२को सेटमा पराजित गर्दै विजेता बनेका थिए ।

प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : ३५ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै