शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या « Khabarhub

शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा- मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो ।

हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ । भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा अन्य भोजपुरी भाषीको सहारा लिनुपर्छ ।

रूपन्देहीको दक्षिणी क्षेत्रका धेरै जसो विद्यालयमा यो समस्या अहिले पनि छ । नेपाली भाषी शिक्षकले भोजपुरी तथा अन्य भाषीका विद्यार्थीलाई पुस्तकमा भएका विषय राम्रो बुझाउन भाषा बाधक बन्ने गरेको छ । जसले सिकाइ प्रभावकारी हुन नसकेकोमा उनीहरुको चिन्ता छ ।

‘सबै विद्यार्थीले नेपाली भाषा राम्रोसँग बुझ्नुहुन्न, हामीलाई उहाँहरुले बोल्ने भाषा राम्रोसँग आउँदैन’, उनले भने, ‘कतिपय यस्ता विषय हुन्छन् जुन आफ्नै भाषामा बुझ्न सजिलो हुन्छ तर हामीले उहाँहरुको भाषामा भाव आउने गरी बुझाउन सक्दैनौँ ।’ उनी माध्यमिक तहको सीप परीक्षणमा स्थानीय भाषासम्बन्धी मूल्याङ्कन गर्नुपर्ने सुझाव दिन्छन्।

यस क्षेत्रमा विद्यालयमा अधिकांश विद्यार्थीहरू भोजपुरी र अवधि भाषा बोल्छन् । उनीहरू नेपाली भाषामा सिक्न गाह्रो मान्छन् । यस्तो अवस्थामा उनीहरूलाई उनीहरूकै भाषामा पढाउने शिक्षकको कमी हुँदा सिकाइ प्रभावकारी हुन नसकेको गुरुङको भनाइ छ ।

‘शिक्षामा भाषाको प्रयोग महत्त्वपूर्ण हुन्छ । प्रभावकारी सिकाइका लागि मातृभाषाको प्रयोग राम्रो हुन्छ’, उनले भने, ‘यहाँका विद्यार्थी घरबाट विद्यालय पुगेर घर फर्कँदासम्म कम्तीमा तीन वटा भाषा प्रयोग गर्नुपर्ने अवस्था छ ।’

असुरैना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष जैस मोहम्मद खाँन सम्भव भएसम्म घरकै भाषा सिकाउनुपर्ने बताउँछन् । ‘विद्यार्थीले घरमा सिकेको भाषालाई विद्यालयले बाधक मान्न हुँदैन’, उनले भने, ‘उसले घरमा सिकेको भाषालाई जग मानेर पनि सिकाउन सक्नुपर्छ ।’

रुपन्देहीकै बगहा माध्यमिक विद्यालयका शिक्षक रामदेव बरईले विद्यालयमा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा अध्यापन गराउँदै आइएको बताउँछन्। उनले विद्यालयमा विद्यार्थीलाई सुरुमा नेपालीमै पढाउने र अप्ठ्यारा शब्दलाई भोजपुरीमा उल्था गरी पढाउने अभ्यास अपनाइएको जानकारी दिए । ‘अझ अङ्ग्रेजी विषय त झन् कठिन छ’, उनले भने ‘अङ्ग्रेजी पढाउँदा सुरुमा अङ्ग्रेजी–नेपाली हुँदै भोजपुरीमा बुझाउनुपर्छ ।’

विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई भोजपुरीमा उल्था गरेर पढाउने विधि अपनाइएको छ । आधारभूत तहमा मातृभाषामै अध्ययन अध्यापन गराउने अधिकार स्थानीय तहलाई भए पनि रुपन्देहीका अधिकांश स्थानीय तहमा यो व्यवस्था लागू हुन सकेको छैन । प्राथमिक तहसम्म मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था रहे पनि सो अनुसारको पाठ्यपुस्तक उपलब्ध नभएकाले बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको शिक्षकहरू बताउँछन् ।

मातृभाषा भोजपुरी भएका शिक्षकलाई समस्या नभए पनि यस्ता शिक्षकको सङ्ख्या कम भएको असुरैना माध्यमिक विद्यालयका शिक्षक शेषनाथ कुर्मीको भनाइ छ । शिक्षकमा स्थानीय भाषाको ज्ञान छैन, विद्यार्थी पूर्णरूपमा नेपाली भाषा बुझ्न नसक्दा कहिलेकाहीँ समस्या हुन्छ’,  उनले भने।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २० बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)