महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ५० वर्षीया चन्दनदेवि यादव रहेको प्रहरीले जनाएको छ । घटनामा सोही स्थानका ५२ वर्षीय जयकरण यादव घाइते भएका छन् ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाइ स्थानीय र प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

घाइते मध्य चन्दनदेविको उपचारको क्रममा मृत्यु भएको हो । जयकरण यादवलाइ थप उपचारको लागि काठमाडौं लगिएको छ ।

भान्साबाट एक्कासी लागेको आगलागीका कारण रामसागर यादवको घरमा झण्डै ८० हजार बरावरको क्षतिसमेत भएको छ । यादवको घरभित्र राखेको भाडाकुडा र लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : १७ बजे

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा