न्युजिल्यान्डमाथि पाकिस्तान विजयी | Khabarhub Khabarhub

न्युजिल्यान्डमाथि पाकिस्तान विजयी


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले पहिलो टी-२० आई खेलमा न्युजिल्याण्ड ८८ रनले पराजित गरेको छ । योसँगै पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो ।

न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए । ओपनर तथा कप्तान टम लाथम २०, चाद वोवेस १, विल योंग २, डर्याल मिचेल ११, जेम्श निसम १५ र रचिन रविन्द्र २ रनमा आउट भए ।

पाकिस्तानका हरिस रौफले चार ४, ईमाद वासिमले २, शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा १ सय ८२ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुबले ४७ रनमा रन आउट भए । फखार जमानले ४७ रन बनाए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ४० बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा