मुलुकमा विदेशी हस्तक्षेप बढ्यो : मुख्यमन्त्री गिरी « Khabarhub

मुलुकमा विदेशी हस्तक्षेप बढ्यो : मुख्यमन्त्री गिरी


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रूपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदैन केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए । 

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरू समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे ।

मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै पत्रकारहरूलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ४ : ४९ बजे

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा