सहिद स्मारक ए डिभिजन लिग : जावलाखेल शीर्ष स्थानमा « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग : जावलाखेल शीर्ष स्थानमा


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे । यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लवले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेलेको छ । खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।  तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै  मछिन्द्रले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटीले ८ खेल ७ अंक जोडेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ४१ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या